आज : Sunday, September 23, 2018 | २०७५ असोज ७ आइतबार

नेपाल—चीन सीमामा सुरुङमार्ग खोल्ने एमाले नेताको प्रस्ताव

आठैप्रहर संवाददाता - |

नेपाल र चीनबीच सम्पर्कका लागि सबैभन्दा छोटो, किफायति र सुरक्षित कुन मार्ग हुनसक्छ भन्ने बहश चलिरहेको बेला सिन्धुपाल्चोकबाट नेकपा एमालेका प्रदेश सांसद सरेश नेपालले तिब्बतको न्यालमबाट १८ किलोमिटर सुरुङ मार्ग खनेर सिन्धुपाल्चोकको जुगल गाउँ पालिकाको पाँगरपुर छिचोल्नु उपयुक्त हुने सुझाव दिएका छन् ।

उनले सामाजिक संजाल फेसबुकमा ‘अति संक्षिप्त प्रस्ताव’ भनेर राखेको सुझावमा भनिएको छ, ‘तिब्बतको न्यालम शहर जुन महत्वपुर्ण ब्यापारिक रणनीतिक केन्द्र पनि हो त्याँहाबाट लगभग १८ किलोमिटर सुरुङ्ममार्ग निर्माण गर्न सके चिनियाँ रेल जुगल गाँउपालिकाको पाँगरपुमा निस्कन्छ । त्यहाबाट हामी तेलको पाईपलाईन, बिद्युतको ट्रान्समिटर लाईन र अपटीकल फाईबर बिछ्याउन सक्छौ । जुन बाटो हाल सम्म प्रयोगमा आएको भन्दा असाध्ये छोटो, किफायति र सुरक्षित छ । यसमा बहस गरौ ! राष्ट्रको ध्यान केन्द्रित गरौ !!’

दुई वर्षअघि नेपालमा ठूलो भूकम्प गएपछि नेपाल  र चीनबीच पहिलेदेखि चालू रहेको अरनिको राजमार्ग बन्द भएको छ र चीनले त्यसको साटो नेपालसँगको सम्पर्कको लागि केरुङ—रसुवागढी मार्ग संचालनमा ल्याएको छ । पछिल्लो समय नेपालको सरोकार अनुसार तातोपानी—खासा नाका संचालनमा ल्याउन चीन तयार भएको भनिएपनि अझै संचालनमा आएको छैन । 

सांसद नेपाल सिन्धुपाल्चोक जिविसका पूर्व सभापति पनि हुन् र त्यो क्षेत्रको नेपाल—तिब्बतको सीमाको उनी राम्रो जानकार मानिन्छन् । 

प्रतिकृया दिनुहोस